म एक शिव भक्त हुँ

म गफाडी हुँ,
म अनाडी हुँ,
म स्नेहको आभास हुँ
म नै बिनाश हुँ।

म भ्रम हुँ,
म श्रम हुँ,
म एक हुँ,
म अनेक हुँ,
म राम झैँ आदर्श मान्छु,
म कुर्ण झैँ निदाउछु,
म कृष्ण झै चोरी गर्छु,
म रावण झैँ अघोरी बन्छु।

म लोकप्रिय छु,
म नै हेला गरेको पात्र पनि,
म ज्ञान बटुल्छु,
म कमजोर छात्र पनि।

म उज्ज्वल हुँ,
म नै अन्धकार पनि,
म जित हु,
म नै हार पनि।

म दृष्टि हुँ,
म नै सृष्टि पनि,
म सन्देश,
म नै आदेश हुँ,
म नै शान्त हुँ,
म नै भिडन्त हुँ।

म नै संकलप हुँ,
म नै विकल्प हुँ,
म नै राजा हुँ,
म नै दासी हुँ,
म नै मुहान हुँ,
म नै प्यासी हुँ।

म एक्लो छु,
म आफैमा टुटेको छु,
म टुटेका लाई जोड्ने पनि,
म त्येगी हुँ,
म रोगी हुँ,
म अन्योल हुँ,
म नै निष्कर्ष पनि,
म नै रोदन हुँ,
म नै हर्ष पनि।

म शब्द हुँ,
म नै छन्द पनि,
म नै कष्ट हुँ,
म नै आनन्द पनि।

म मूर्ख हुँ,
म नै विद्वान् पनि,
म आलोचक,
म नै सम्मान पनि।

म जेपनि हुन सक्छु,
म जता पनि हुन सक्छु
म पवन हुँ,
म राजमहल हुँ,
म नै बृन्दावन पनि।

आस्था र करुणा मेरो,
हरेक कणमा छ,
मेरो हरेक स्मरणमा छ,
जप महादेवको मनमा,
हरेक क्षणमा छ।

अन्तत:
नितान्त:
मुलतः
मुख्यतः
म नै कायर हुँ,
म नै सायर हुँ,
म निडर शक्त हुँ,
म एक शिव भक्त हुँ।

Comments

Popular Posts